कञ्चनपुरमा माइती घर आएकी २३ वर्षीया युवती मृत फेला


धनगढी – कञ्चनपुरमा एक युवतीको शव फेला परेको छ । बिहीबार बिहान बेलौरी नगरपालिका-२ टेडुवा माइती घर आएकी २३ वर्षीया अंजली चौधरीको शव फेला परेको हो ।

रौतहट घर भएकी अंजली बेलौरीमा आफ्नो माइती घरमा आएकी थिइन् । चौधरी मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान थालेको छ ।

प्रतिक्रिया