

मेडिकल काउन्सिलको लोगो कीर्ते गर्ने दुई जना पक्राउ

काठमाडौं – नेपाल मेडिकल काउन्सिलको लोगो कीर्ते गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कास्कीका २४ वर्षीय नविन पौडेल र २४ वर्षकै आशिष अधिकारी रहेका छन्। प्रहरीले बिहीबार उनीहरूलाई बानेश्वरबाट पक्राउ गरेको थियो।
पीफीए एसोसियसन प्रालि नामक इन्स्टिच्युटले नेपाल मेडिकल काउन्सिलको स्वीकृति विना काउन्सिलको लोगो, नाम र परीक्षा प्रश्नपत्रको ढाँचा प्रयोग गरेर तयारी कक्षा सञ्चालन गरेको पाइएपछि उनीहरु पक्राउ परेका हुन्।
थप कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसरमा पठाइएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

