एनआरएनए अमेरिका युवा उपाध्यक्षमा खनालको उम्मेदवारी


काठमाडौं  – गैरआवासीय नेपाली संघ एनआरएाए अमेरिकाको आगामी कार्यकालका लागि बर्तमान कार्यसमितिका सचिव अनुप खनालद्वारा युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।

‘युवाहरुहरुको बृहत सहभागीता, संस्थाको दिगो सफलता’ भन्ने नारा सहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका  हुन ।

गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउने क्षमता भएका खनालले गैर आवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा पुर्याउन आफूले उम्मेदवारी दिएको बताएका छन । गफ गर्नलाई होइन काम गर्नलाई आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

वर्तमान कार्यसमितिका सचिव खनालले आफ्नो कामको मुल्याकंन गर्न समस्त अमेरिकावासी नेपालीलाई आग्रह गरेका छन । नेपाल र नेपाली समुदायको लागि निरन्तर सेवा गर्ने हुटहुटि कायमै रहेको जनाउँदै अबका दिनमा अझ सक्रियता सहित अगाडि बढन खोजेको उनको भनाइ छ ।

प्रतिक्रिया