एसएसपी पाल निलम्बित


काठमाडाैं – नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल सेवाबाट निलम्बनमा परेका छन् । आफ्नै मातहतकी महिला सहायक हवल्दारलाई कार्यस्थलमा यौनजन्य हिंसा गरेको आरोप लागेका पाललाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो ।

प्रहरीकी सहायक हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी पाल अनुसन्धानका लागि हेडक्वार्टर तानिएका थिए । सुदूरपश्चिमको महेन्द्रनगरस्थित नेपाल प्रदेश प्रहरी कार्यालयका हाकिम समेत रहेका पालले आफ्नै प्रहरी कार्यालयमा कार्यरत बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए ।

घटनाबारे ती महिला हवल्दारले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा उजुरी दिएकी थिइन् । त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वाटर तानेको थियो ।

ती महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन् । बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो । त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए । त्यसपछि ती महिला एसएसपी बसेको क्वाटरमा पुगेकी थिइन् । त्यसपछि क्वाटरमा एसएसपीले महिला हवल्दारलाई ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं’ भन्दै दुर्व्यवहार गरेका थिए ।

प्रतिक्रिया