


लेनदेन मुद्दाका फरार आरोपी पक्राउ

काठमाडाैं – लेनदेन (बिगो) मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-१ कुपण्डोल बस्ने ४७ वर्षीय विद्या सुषण भण्डारीलाई प्रहरीले बिहीवार बिहान पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७८ वैशाख ३ गतेको फैसलाले लेनदेन (बिगो) मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरीले ललितपुर महानगरपालिका-१ कुपण्डोलबाट पक्राउ गरिएको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

