

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडाैं – नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको अध्यक्षमा राजेश बाबु श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको आइतबार सम्पन्न पहिलो साधारणसभा तथा निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा विजय लाल कायस्थ, उपाध्यक्षमा सुजन लामा र रोशन महर्जन निर्वाचित भएका छन्।
यस्तै महासचिवमा अजय बज्राचार्य, सचिवमा दिनेश कुमार राजभण्डारी तथा कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा दिनेश श्रेष्ठ, राज कुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेश कुमार मल्ल , अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य, दुर्गा बहादुर श्रेष्ठ, ननिता महर्जन, विनिता राई निर्वाचित भएका छन् ।
यसैबीच नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले थप एक जना उपाध्यक्ष मनोनीत गरेको छ । महासंघको स्वीकृत विधान बमोजिम अध्यक्ष श्रेष्ठले राजेश उपाध्यायलाई उपाध्यक्षमा मनोनित गरेको हो ।
यस्तै ज्ञानेन्द्र नकर्मी, नविन आले मगर, प्रज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ र देविका राई सदस्यमा मनोनित भएका छन् । कार्यसमितिको पदावधि ४ वर्षको रहने छ।

