कमल थापा भन्छन् – मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्छ


काठमाडाैं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंका अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप बढेर गएको बताए  यथास्थितिबाटै मुलुक अघि बढे दुर्घटना अवश्यम्भावी भएको उनको जिकिर थियो ।

थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको बताए । सस्तो लोकप्रियता र तालीको लागि भन्दा मुलुकको समस्याको दिगो समाधान तर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा थापाको जोड थियो ।

प्रतिक्रिया