

अनलाइनबाट यौन दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं – अनलाइनबाट यौन दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन्। सुनसरीको दुहवी नगरपालिका-१० घर भई सोही स्थान बस्ने ३५ वर्षीय कुलदीप चौधरीलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो।
उनले सुरुमा सामाजिक सञ्जालमार्फत साथी बनाएर महिलालाई गोप्य सामग्री साटासाट गर्न लगाए। पछि अश्लील सामग्री बनाएर सार्वजनिक गरिदिने भन्दै दुःख दिन थालेपछि पीडितले ब्यूरोमा उजुरी दिएकी थिइन्।

