

घाँस काट्न गएकी महिला उखुबारीभित्र मृत फेला

धनगढी – कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको शव फेला परेको हो ।
उनी बिहीवार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् । राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, डीएसपी प्रकाश डाँगीले बताए ।
उनले मृत्युको कारण खुल्न सकेको छैन ।

