

प्रचण्डलाई प्रधानमन्त्री ओलीको कटाक्षः राम जन्मेको प्रमाणित गर्न सुडेनी खोज्न जाऊँ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राम जन्मभूमीबारे दिएको प्रतिक्रियामा कटाक्ष गरेका छन्।
बुटवलमा एउटा केवलकारको शिलान्यास गर्दै शनिबार प्रधानमन्त्री ओलीले भने,‘अस्ती एक जना नेताले मेरै क्षेत्रमा राम मन्दिर बनाउने भनेछन् ओलीले, त्यसभन्दा अगाडि प्रमाणित गर भनेछन्। अब, राम जन्मेको प्रमाणित गर्न सुडेना सुडेनी खोज्न जाऊँ? म आफैं सुडेनी थिएँ भनौं।’
चितवनमा राम मन्दिर निर्माणको काम थालिएको र अयोध्यापुरी सोही ठाउँमा रहेको भन्दै ओलीले बताएका थिए। उक्त विषयमा प्रचण्डले राम जन्मेको प्रमाणित गर्न चुनौति दिएका थिए।
उक्त विषयमा ओलीले अगाडि जोडे,‘अयोध्यापुरी यहिँ छ। राम जन्मेको भनेर कहिँ पनि प्रमाणित भइसकेको छैन। फैजनावादलाई अयोध्या मानेर प्रमाणित गर्न सकिन्छ?’
खोज, इतिशास र श्लोकहरूको आधारमा नै राम जन्मभूमीको प्रमाण तय हुने उनको भनाई थियो।

