

लागूऔषधसहित धनगढीमा एक जना पक्राउ

धनगढी – कैलालीमा एक जना युवा लागूऔषधसहित धनगढीमा पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका-१५ सुनसरीका २७ वर्षीय प्रदिप ढकाललाई प्रहरी चौकी त्रिनगरबाट खटिईएको टोलीले ६४० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित गरेको हो ।
ढकाललाई धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट पक्राउ गरिएको प्रहरीले जनाएकोछ ।

