सात दशक लडेर ल्याएको उपलब्धी संकटमा छ, बलिदान दिने संकल्प गरौंः प्रचण्ड


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात दशक लडेर ल्याएको उपलब्धी संकटमा परेको भन्दै त्यसलाई जोगाउनका लागि बलिदानी दिन तयार रहनुपर्ने बताएका छन्।

२६ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो भनेका हुन्।

उनलेभने, ‘सहिदहरुलाई सम्झिने भनेकै बलिदान गरेर प्राप्त गरेका उपलब्धी गुम्न दिने छैनौं । हामी जरुरी पर्छ भने फेरि बलिदान हुन तयार छौं भनेर संकल्पका लागि हो। हामी त्यो संकल्प गरौं।’

सबै नेपालीहरु एकजुट भएर फेरि एकचोटी संघर्षको मैदानमा उत्रिनुपर्ने संकल्प गर्ने दिन भएकाले संघर्षका पक्षमा उभिन प्रचण्डले अपिल समेत गरेका छन्।

प्रतिक्रिया