युद्धग्रस्त क्षेत्र यमनमा २२ प्रतिशतले भोकमरी बढ्नेः राष्ट्रसंघ


काठमाडौं – युद्धग्रस्त यमनमा ५ वर्षमुनिका आधा भन्दा बढी बालबालिका कुपोषणको सिकार हुने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।लामो समयदेखि द्वन्द्वग्रस्त यमनमा भोकमरीका कारण चार लाख भन्दा बढी बालबालिकाको मृत्यु भएको राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ ।

यस वर्ष मात्र करिब साढे २ लाख बालबालिका कुपोषणको सिकार हुने राष्ट्रसंघले चेतावनी दिएको छ । कुपोषणको समस्या समाधानका लागि तत्काल ठोष कदम नचाले बालबालिकाको मृत्युदर अझ बढ्न सक्ने राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको जनसंख्या विभाग प्रमुख डेभिड ब्यासलेले सन् २०२० को तुलनामा खानाको अभावमा कुपोषणको सिकार हुनेको संख्या २२ प्रतिशतले वृद्धि हुने दावी गरेका छन् । यस्तै गर्भवती र स्तनपान गराउने १२ लाख महिलाहरु पनि अत्याधिक कुपोषणबाट ग्रसित हुने राष्ट्रंघले प्रक्षेपण गरेको छ ।

यमनमा सन् २०१४ देखि होथी विद्रोहीले जारी राखेको युद्धका कारण लाखौ सर्वसाधारण विस्थापित हुनुका साथै कयौंको मृत्यु भएको छ । युद्ध जारी रहेकाले यमनका करिव ८० प्रतिशत नागरिकलाई सहायताको आवश्यक रहेको राष्ट्रसंघको अनुमान छ । एजेन्सी

प्रतिक्रिया