

नर्स श्रीमतीले अस्पतालमा काम गर्दागर्दै क्वार्टरमै झुण्डिएको अवस्थामा मृत फेला परे दधीराम

काठमाडौं — शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुस्थित नर्सिङ क्वार्टरमा कार्यरत नर्स नर्वदा शर्माका श्रीमान् दधीराम भण्डारी आएर पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले त्रिभुवन विश्वविद्यालयमा कार्यरत ५४ वर्षीय भण्डारी झुण्डिएको अवस्थामा मृत भेटिएको जनाए ।
भण्डारीले आज कार्यालयबाट फर्किँदा अस्पताल आएर एकछिन रेष्ट गर्छु भनेको थिए भने श्रीमती ड्युटीमै थिइन् । पछि खाजा खान ३ बजेतिर फोन गर्दा नउठेपछि गएर हेर्दा मृत अवस्थामा फेला परेको बताइएको छ ।
दुईजना लामो समयदेखि क्वार्टरमै बस्थे नयाँ क्वार्टर बनाउने तयारी भएपछि त्यो क्वार्टर छाडेका थिए । तर, चाबी भने बुझाइएको थिएन ।
घटनाबारे अनुसन्धान सुरू भइसकेको प्रहरीले जनाएको छ ।

