५० हजार घुससहित सप्तरीका एक वडाध्यक्ष पक्राउ


सप्तरी – सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका- ५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया