युवतीमाथि जबरजस्ती करणीआरोपमा काठमाडौंबाट एक जना पक्राउ


काठमाडौं – जबरजस्ती करणी आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढीका ३५ वर्षीय पुरुष रहेका छन्।

एक २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।

पीडितकै कोठामा युवतीमाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया