
प्रेसको गाडीमा खैनी र गुट्का तस्करी !
ललितपुर — ललितपुर जिल्लाको चापागाउँबाट २० लाख भन्दा बढी मूल्यको अवैध सामाग्रीसहित २ जना पक्राउ परेका छन् । प्रहरी बृत्त चापागाउँबाट नियमित चेकजाँचका लागि खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिकाको वडा नं. २६ चिबहालबाट ‘प्रेस’ लेखिएको सवारीमा अवैध रुपमा ल्याइएको रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु, कत्थासमेत २ जना पक्राउ गरेको हो ।
प्रहरीले ती सामाग्रीका साथ सवारी चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १४ बस्ने दिपकप्रसाद लामिछाने र भारत मोतिहारी जिल्ला छतौनी–११ का सचिन कुमार चौरसियालाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबार चेकजाँचका क्रममा बागमती प्रदेश ०१–०२६ च ८९८० पिकअप भ्यानमा म्याद सकिएको प्रेस परिचयपत्रसहित बिल तथा कागजात नभएका २० लाख ७३ हजार ५ सय ९० रुपैयाँ बराबरको बराबरको अबैध सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास थान–३ र पिकअप गाडी पनि नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएको उक्त सामाग्रीसहित मानिसहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाएको जनाएको छ ।



कागजपत्र |
