अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ


काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

धनुषा जनकपुर उपमहानगरपालिका १ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोषकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको ८ हजार ७ सय अमेरिकी डलर बरामद भएको छ ।

प्रतिक्रिया