

भुटानी शरणार्थी प्रकरणमा फरार रहेका महर्जन अदालतमा हाजिर

काठमाडौं – भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका हरिभक्त महर्जन अदालतमा हाजिर भएका छन् ।
नेपालीलाई नक्कली कागजात बनाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै करोडौं रुपैयाँ गठी प्रकरणका संलग्न रहेको आरोपलागेका महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हुन् ।
यसअघि उनकी पत्नी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरिसकेको थियो । अदालतमा हाजिर हुन आएका महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएर महर्जनविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले तयारी गरिरहेको छ ।

