डोटीमा स्काइभेटर दुर्घटना, एक जना घाइते


डोटी – डोटीमा बुधबार स्काइभेटर दुर्घटना भएको छ । जिल्लाको सायल गाउँपालिका-३ स्थित झिग्राना बेटुरा सडक निर्माणमा प्रयोग हुँदै आएको सो स्काइभेटर दुर्घटना भएको हो ।

कैलालीको गौरीगंगा नगरपालिका-५ का २४ वर्षीय बिकास सिजापतिले चलाएको बा ३ प ४०८५ नम्बरको स्काईभेटरमा माथिबाट ढुङ्गा खसेर ठोक्किन पुगेपछि स्काईभेटर सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

दुर्घटनामा चालक घाईते भएको प्रहरीले जनाएको छ। उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया