

बाख्रा चराउन जंगल गएकी बालिका मृत फेला

डडेल्धुरा – डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन् । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका-५ लम्पाटीका लक्ष्मण विककी १० वर्षीया छोरी शानु विक मृत फेला परेकी हुन् ।
बाख्रा चराउन जंगल गएकी उनी राति अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएको थियो ।
अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले सानुलाई बुधबार बिहान घरबाट नजिकैको जंगलमा मृत अवस्थामा फेला पारेको जनाएको छ ।

