सन्दीपविरूद्व मुद्दाको आज पनि भएन अन्तिम सुनुवाइ


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाई आज (मंगलबार) पनि स्थगित भएको छ ।

उनको मुद्दाको फैसलाका लागि पेसी तोकिएकोमा आज पनि स्थगित भएको हो । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको थियो ।

किशोरीले सन्दीपविरूद्व क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै दिएको निवेदनलाई पनि सँगै राखेर सुनुवाई गर्ने भन्दै न्यायाधीस राइले सुनुवाई स्थगित गरेका हुन् ।

यसअघि पनि पटक–पटक पेसी तोकेर सुनुवाइ नगर्दा मुद्दाको फैसला पछि धकेलिदै आएको छ । अब अर्को पेसी कहिले तोक्ने भन्नेबारे आजै टुंगो लगाउने तयारी गरिएको छ ।

सन्दीप राष्ट्रिय क्रिकेट टोलीसँग भोलि बुधबार नै दक्षिण अफ्रिका जाने तालिका छ । अर्को पेसी उनको क्रिकेट यात्रालाई असर नपर्नेगरी तोक्न माग गर्दै सन्दीप पक्षका वकिलले अदालतमा निवेदन दिने तयारी गरेका छन् ।

प्रतिक्रिया