पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते


काठमाडौँ – भारतको जम्मु–श्रीनगर राजमार्गअन्तर्गत जम्मुको कटराबाट १५ किलोमिटर टाढा झज्जर कोटली नजिकको पुलबाट खसेर बस दुर्घटना भएको छ।

मङ्गलवार बिहान भएको उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएको द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

त्यहाँस्थित सञ्चार माध्यमका अनुसार यति बेला स्थानीय बासिन्दा, सीआरपीएफ र एसडीआरएफले घटनास्थलमा मानिसहरूको उद्धार गरेको छ।

बस अमृतसरबाट वैष्णोदेवी जाँदै थियो। जसमा ७५ यात्रु सवार थिए। सबै यात्रु बिहारका हुन्। दुर्घटनामा भएका घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ। गम्भीर घाइतेलाई जीएमसी जम्मुमा भर्ना गरिएको छ। अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ।

प्रतिक्रिया