धादिङमा भिरबाट लडेर आमासहित २ वर्षीय छोराको मृत्यु


धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–२ मा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ ।

भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया