

नक्कली भुटानी शरणार्थी प्रकरणः १७ औं अभियुक्त लक्ष्मी महर्जन पक्राउ

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक अभियुक्त पक्राउ परेकी छिन् ।
प्रहरीका अनुसार यस प्रकरणमा संलग्न रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको जनाइएको छ ।
महर्जन पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले १७ जनालाई हिरासतमा लिएको छ।
उनको पक्राउबारे प्रहरीले थप जानकारी खुलाईसकेको छैन । उनको बैंक खाता यस प्रकरणसँग सम्बद्ध रही प्रयोग गरेको देखिएको छ ।
काठमाडौं जिल्ला अदालतमा आजबाट यो प्रकरणमा पक्राउ परेका अभियुक्तहरूको बयान सुरू भएको छ।
यस प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत १६ जना पक्राउ परिसकेका थिए ।

