


विपत् नमूना अभ्यास हेर्दै मुख्यमन्त्री पाण्डे

तनहुँ – तनहुँको व्यास नगरपालिका-१० मा सोमवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे वाइनाकुलरबाट विपत् नमुना अभ्यास हेर्दै ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेश र नेपाली सेना पश्चिम पृतनाको संयुक्त आयोजनामा भएको नमूना अभ्यासमा आगलागी, बाढी, पहिरो र भूकम्पमा परेकालाई उद्धार कसरी गर्ने भनेर देखाइएको थियो । तस्वीर : पूर्ण विके/रासस

