

झाँक्रीसँग लिखित जवाफ माग, आजै रिहाई गर्ने प्रहरीको तयारी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई आजै साँझ छाड्ने तयारी हुँदैछ ।
राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएपछि बिहीबार दिउँसो निवासबाटै पक्राउ परेकी झाँक्रीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।
पक्राउपछि महाशाखाले झाँक्रीसँग लिखित जवाफ मागेको छ, झाँक्रीले जवाफ दिएपछि आज साँझसम्म छाड्ने तयारी गरिएको महाशाखा स्रोतले जनाएको छ ।

