झाँक्रीले दिइन् मन्त्रीबाट राजीनामा : बिदाइमा राेकिएनन् आँसु


काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की सासंद रामकुमारी झाक्रीले सहरी विकास मन्त्रीबाट राजीनामा दिएकी छन्। उनले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएको घोषणा गरिन्।

त्यसअगाडि नै उनले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएकी थिइन्। बिदाई कार्यक्रममा उनी भावुक बनेकी थिइन्। झाँक्रीले बारम्बार कागजले आँसु पुछिन्।

उनको कार्यकालमा भएको कामको कर्मचारीले फेहरिस्त सुनाउँदा उनी आँसु खसाल्न थालिन्। आफू बोल्ने पालो आएपछि पनि उनले केही भनिनन्। ‘आगामी दिनमा पनि काम गर्दै जाउँला’, मन्त्री झाँक्रीले भनिन्, ‘खासै बोल्नुपर्ने कुरा केही छैन।’

उनले बारम्बार आँसु पुछिन्। बोल्न नसक्ने अवस्था उत्पन्न भएपछि घोसेमुन्टो लगाइन्। मन्त्री झाँक्रीलाई मन्त्रालयले चिनो उपहार गरेर बिदाइ गरेको छ।

प्रतिक्रिया