डान्सबार गएका भारतीय पर्यटक लुट्ने कार्यमा संलग्न दुई जना पक्राउ


काठमाडाैं – डान्सबारमा मनोरञ्जनका लागि पुगेका तीन जना भारतीय पर्यटक लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका पदम बहादुर शाही र कैलालीका रन भन्ने ओम प्रकाश ऐरी रहेका छन् ।

उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिंहदरबार दक्षिण गेट अगाडिबाट पक्राउ गरेको हो । उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद लिएर प्रहरी वृत्त बानेश्वरबाट कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार जेठ ३ गते राति कोटेश्वरस्थित डान्सबारमा पुगेका भारतीय पर्यटकहरू जगदिश प्रसाद शर्मा, सन्तोष कुमार शर्मा र अञ्जनी पारिक लुटपाटमा परेका हुन् । उनीहरुलाई डर त्रास देखाई अभियुक्तहरुले नगद लुट्नुका साथै मोबाइल फोनबाट समेत रकम ट्रान्सफर गर्न लगाएर फरार भएका थिए ।

प्रतिक्रिया