

दुबई पठाइदिइने प्रलोभनमा पारी ९ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली(६ कात्तिके देउराली स्थाई घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका(१० कपन आकाशेधारा बस्ने वर्ष २९ को उमेश रिमाल रहेका छन् ।
रिमालले १७ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै प्रलोभनमा पारी निज पीडितहरूबाट पटक(पटक गरी जम्मा ९,५०,००० रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
प्रहरीले रिमाललाई आज कामपा वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

