

एक युवक कर्णाली नदीमा बेपत्ता

सिमकोट – माछा मार्न गएका अदानचुली-२ का छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएका छन् । बिहान हुम्ला कर्णालीको आरजिते भन्ने स्थानमा कर्णाली नदीमा माछा मार्नेक्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जाल खेल्ने क्रममा ढुंगाबाट चिप्लिएका बुढा दुई घण्टादेखि बेपत्ता रहेकोमा खोजि कार्य भइरहेको प्रहरीको भनाइ छ ।
घटना सार्वजनिक हुने वित्तिकै अदानचुलीको गल्फागाड प्रहरी चौकी, गाउँपालिकाका पदाधिकारी र अन्य स्थानीयले उनको खोजी गरिरहेका छन् ।

