
सांसदहरूलाई महरको आग्रह- भ्रष्टाचारविरुद्धको कठोर कानुन बनाउनुहोस्
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रष्टाचारविरुद्ध कडा कानुन बनाउन माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महरले मुलुकमा भ्रष्टाचारका डर लाग्दा घटना बाहिरिइरहेको भन्दै कडा भन्दा कडा कानुन निर्माण गर्नुपर्ने बताए।
‘कम्युनिस्ट नेता भल्लादमिर लेलिनलेको ‘संसद खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने उक्ति सत्य होइन भनेर प्रमाणित गर्न भ्रष्टाचारविरुद्धको आवश्यक कठोर कानुन चालु संसदबाट निर्माण गर्ने हिम्मत सांसदहरूले राख्नु पर्छ। सांसद ज्युहरूलाई चुनौतीपूर्ण अनुरोध?,’ उनले लेखेका छन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै नेपाली नागरिकबाट करोडौं असुली गरेको प्रकरण चलिरहेको समयमा महरको उक्त अभिव्यक्ति आएको हो।



कागजपत्र |
