शरणार्थी प्रकरणका आरोपी टोपबहादुर र बालकृष्णसहितलाई थप ३ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै करोडों रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका आरोपीहरुलाई थप ३ तीन हिरासतमा राख्न अनुमति दिएको छ ।

नक्कली शरनार्थी प्रकराणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो ।

अदालतले आरोपीहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । प्रहरीले दुई दिनअघि रायमाझीलाई बूढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो ।

उनीसहित उत्तल ठगी प्रकरणमा १४ जनालाई प्रहरीले पक्राउ गरी सोधपुछ तथा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया