फेरी सल्बलाए ‘चेन स्न्याचिङ’ गिरोह, बौद्धमा दिन-दाहाडै डेढ तोलाको सिक्री लुटपाट


काठमाडौं – केहीबर्ष अगाडी राजधानी प्रहरीको टाउको दुखाईको बिषय बनेको ‘चेन स्न्याचिङ’ सिक्री लुटपाट गर्ने गिरोह फेरी राजधानीमा सल्बलाउन थालेको पाईएको छ ।

मंगलवार बिहान आफ्नो छोरालाई स्कुल पुर्याएर फैकिदै गरेको एक महिलाको डेढ तोलाको सिक्री लुटपाट भएपछि गिरोह सल्बलाउन थालेको रहस्य खुलासा भएको हो । चार पाँचबर्ष अगाडी उपत्यकामा दिनकै ८÷१० ठाउँमा ‘चेन स्न्याचिङ’ हुने गरेको थियो ।

मोटरसाईकलको नम्बर परिवर्तन गरी गिरोहले यस्ता धन्दा चलाएका थिए । अहिले त्यही शैलीमा मंगलबार बिहान बौद्धमा सिक्री लुटिएको हो । यस बिषयमा बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लुटेराको मोटरसाईकल नम्बर खुले पनि नम्बर परिवर्तन भएको कारण प्रहरी गिरोहसम्म पुग्न भने सकेको छैन । हुलिया पहिचान भईसकेकोले लुटेराहरु प्रहरीको फन्दाबाट उम्कन नसक्ने अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।

केहीबर्ष अगाडी महानगरीय प्रहरी आयुक्तको कार्यालयमा कार्यरत प्रहरी हवल्दार सीता उप्रेतीले लगाएको २ तोलाको सिक्री बालाजुबाट यहि शैलीमा लुटपाट भएको थियो । त्यही ताका पैदलयात्री मीना तुलाधरले लगाएको झण्डै ७ तोलाको सिक्रि लुटेर गिरोह फरार भएका थिए ।

प्रतिक्रिया