रामकुमारीलाई अविलम्ब रिहा गर्न प्रचण्ड-नेपाल पक्षकाे माग


काठमाडौं – नेकपा प्रचण्ड–नेपाल पक्षले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको कडा विरोध गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको उल्लेख गरेका छन् ।

राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था लोकतन्त्रमा आलोचनाभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक अरु केही हुन नसक्ने ठहर गरिएको छ ।

विज्ञप्तिमा पक्राउको निन्दा गर्दै उनलाई अविलम्ब रिहा गर्न माग गरिएको छ ।

प्रतिक्रिया