

लाइसेन्स नभएका सहचालकले ट्याक्टर चलाएपछि सवारी धनी पक्राउ

जोमसोम – मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएपछि गरिएको अनुसन्धानमा ट्याक्टर धनी नरजित फगानी मगर पक्राउ परेका छन् ।
उनलाई ट्याक्टर चलाउन इजाजत पत्र (लाईसेन्स) नभएको सहचालकलाई ट्याक्टर चलाउन अनुमति दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको हो ।
नियन्त्रणमा लिइएको ट्याक्टरका धनी फगानी मगरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।
उनलाई पक्राउ परेका ट्याक्टरका चालक रोल्पा जिल्ला रोल्पा नगरपालिका-१ धवाङ बस्ने २४ वर्षीय नारायण रोक्काले दिएको बयानका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ ।

