दाङमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ


काठमाडौँ – दाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमही नगरपालिका-८, सतबरिया सङ्घर्ष टोलका ५० वर्षीय जनकु चौधरी रहेका छन् ।

उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगेर ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया