बैतडीमा बैंकमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट


बैतडी – बैतडीको सिगास गाउँपालिका-२ मा रहेको कृषि विकास बैंकमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट भएको छ।

सिगास गाउँपालिका-१ का २८ वर्षीय केशव धामीले कृषि विकास बैंकमा कार्यालय सहयोगीका रूपमा कार्यरत २८ वर्षीया सुसिला धामीलाई कुटपिट गरेका हुन्।

शनिबार दिउँसो गाजरी बजारमै सुसिलामाथि कुटपिट भएको र कुटपिट गर्ने धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए।

केशवले मदिरा सेवन गरी कुटपिट गरेको प्रहरीले जनाएको छ। महिलाको अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया