

पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी

काठमाडौं – नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजान लागिएको छ ।
बुधबार बिहान मैजुबहालस्थित निवासबाट पक्राउ परेका खाँणलाई पक्राउ गरेपछि टेकुस्थित प्रहरी परिसरमा लगिएको थियो । त्यसपछि प्रहरीले केही बेर बयान लिएपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजान लागेको हो ।
पूर्वमन्त्री खाँणसँगै बुधबार बिहान उनका स्वकिय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । अहिलेसम्म भुटानी शरणार्थी प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् ।
यही प्रकरणमा पक्राउ पुर्जी जारि भइसकेका पूर्वमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेका छन् । उनलाई पक्रनका लागि प्रहरीले देशैभर सर्कुलर जारी गरिसकेको छ ।

