काठमाडौँ महानगरकी उपमेयर डङ्गोलले चीनमा कला प्रस्तुत गर्दै


काठमाडौँ – काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले चीनमा आज एक कार्यक्रममा आफ्नो कला प्रदर्शन गर्ने भएकी छिन् ।

चीनको छाङ्सा सहरमा मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालको तर्फबाट उपमेयर डङ्गोलले आफ्नो प्रस्तुति दिन लागेकी हुन् ।

वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलबार चीन प्रस्थान गरेकी उपमेयर डङ्गोलले आज काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफ्नो प्रस्तुति दिने भएकी हुन्।

‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा प्रस्तुति दिने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया