इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट


काठमाडौं – इङवा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएकाे छ ।

कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि उक्त आईपीओ बिक्री खुला गरेको थियो ।

१२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि परेकाे आवेदनमध्ये ११ लाख ९९ हजार ९६७ को योग्य आवेदन परेकाे थियाे ।

योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

प्रतिक्रिया