

शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री खाँण र स्वकीय सचिवलाई टेकु लगियो

काठमाडौँ – पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरी परिसर, टेकु पुर्याइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण र केसीलाई काठमाडौँ प्रहरी परिसर, टेकु पुर्याइएको हो। उनीहरूलाई यसअघि अपराध महाशाखा बानेश्वर लगिएको थियो।
प्रहरीले दुई दिनअघि खाँणसँग प्रारम्भिक बयान लिएर कागज गरी छाडेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्र जीत राई, एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायतका पक्राउ परिसकेका छन्। टोपबहादुर भने फरार छन्।

