बढुवा भएका १८ एसएसपीहरुलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं – प्रहरी महानिरीक्षक बसन्त कुँवरले बढुवा भएका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा आईजी कुँवरले आइतबार बढुवा भएका जनपथका १८ मध्ये १७ जना एसएसपीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

एसपीबाट एसएसपीमा बढुवा हुनेमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठोर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा छन्।

यस्तै बढुवा हुने अन्य एसपीमा बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन छन्। साथै सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेकोले दर्ज्यानी चिन्ह लगाएकी छैनन् ।

साथै उक्त अवसरमा प्राविधिकतर्फका ३ प्रहरी वरिष्ठ उपरीक्षकहरूलाइ पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको  छ। बढुवा हुनेमा प्राविधिकतर्फ  डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्त छन् ।

 

 

प्रतिक्रिया