

सचिव पाण्डेलाई थप ७ दिन थुनामा राख्न आदेश

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई थप सात दिन थुनामा राख्न अनुमति दिएको छ ।
उनी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख दानबहादुर कार्कीले पाण्डेलाई अदालतबाट थप ७ दिन राख्न अनुमति दिएको बताए ।
यसअघि उनलाई २० वैशाखमा जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उक्त तीन दिनको म्याद आइतबार सकिएपछि प्रहरीले अनुसन्धान नसकिएको भन्दै हिरासतमा राख्ने समय थप गरिदिन अदालतमा पेश गरेको थियो ।

