नबोल्ने पशुपतिनाथले ओलीको रक्षा नगर्नै भन्दै बोल्ने पशुपतिनाथ समक्ष आत्मलोचना गर्नुस : रघुजी पन्त


काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समुहका नेता रघुजी पन्तले अब प्रधानमन्त्रीको आलोचना नगर्ने बताएका छन् । बिरोध कार्यक्रममा बोल्दै नेता पन्तले एक पटक आलोचना गरियो दरबारको दक्षिण ढोका अगाडी बसेर रुनुभयो फेरी आलोचना गरे अर्को ढोकामा बसेर रुनुहुन्छ ।

माघ २३ गते प्रधानमन्त्रीले यो सरकारले ईतिहास कै धेरै बिकास निर्माणको काम गरेको दाबी गरे पनि उहाको कुरा बिरोधाभाष रहेको दाबी गरेका छन् ।

‘माधब नेपाल र पुष्पकमल दाहालले काम गर्न दिएनन् हात खुट्टा बाधे पनि भन्ने अनि धेरै बिकास निर्माणको काम पनि भयो भन्ने यो कुरा जनतालाई मात्र ढाड्ने ? नेता पन्तले भने । उनले नबोल्ने पशुपतिनाथले ओलीको रक्षा नगर्नै भन्दै बोल्ने पशुपतिनाथ समक्ष आत्मलोचना गर्न सुझाब दिएका छन् । राज बिरेन्द्रको बशको रक्षा त भएन तपाईले रुद्राक्षको माला लगाएर आएपनि तपाईको भाकल पुरा हुदैन ।

प्रतिक्रिया