
म्याद थपका लागि सचिव पाण्डेलाई लगियो जिल्ला अदालत
काठमाडौं – नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।
गृहसचिव रहेको समयमा नक्कली शरणार्थी बनाई अमेरिका पठाउन सघाएको आरोपमा उनलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको थियो ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राइ हिजो (मंगलवार) पक्राउ परेका थिए ।
यसैबीच सोही घटनामा संलग्न रहेको आशंकामा पूर्वमन्त्री एवं सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रासमाझीका साथै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।



कागजपत्र |
