तनहुँ ट्रक दुर्घटना अपडेटः ३ को मृत्यु, ५ घाइते


तनहुँ – तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । यस्तै अन्य ५ जना घाइते भएका छन् ।

बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किन पुगेको थियो ।

दुर्घटनामा ८ जना घाइते भएको चितवनस्थित पुरानो मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक  मोहन बहादुर खाँणले जानकारी दिए । मृत्यु हुनेमा आयुस भुजेल, चेत बहादुर घर्ती र सन बहादुर भुजेल रहेका छन् ।

उनका अनुसार अन्य ५ जना घाईतेहरुको उपचार भइरहेको छ।  घाइतेहरुमा आयुसा भुजेल, जस्मिन भुजेल, ईश्वर भुजेल, समिर भुजेल  र सन्तोष भुजेल रहेका छन् ।

यसैबीच दुर्घटनाको बिषयलाई लिएर पूर्ण रुपमा बन्द रहेको राजमार्ग अहिले दिउँसो सुचारु भएको खाँणले बताए ।

प्रतिक्रिया