

आमाछोरा १७ दिनदेखि बेपत्ता

तनहुँ – तनहुँको व्यास नगरपालिका-१० बिपी भञ्ज्याङकी २० वर्षीया राममाया विक र उनका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेपत्ता छन् । दुवै जना यही वैशाख ३ गतेदेखि बेपत्ता भएका हुन् ।
माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान् लोकबहादुर विकले बताए । ‘आमाछोराको खोजीका लागि प्रहरी कार्यालयमा जाहेरी दिएको छु, तर कुनै खबर नपाउँदा चिन्ता थपिएको छ,’ उनले भने ।
भारतको रोजगारीमा रहेका विक श्रीमती हराएको खबर पाएलगत्तै नेपाल फर्किएका हुन् ।

