दोषी पक्का भएपछि मात्र अदालतमा मुद्दा दायर गर्न अख्तियारलाई प्रधानमन्त्रीको सुझाव


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दोषी पक्का भएपछि मात्र अदालतमा मुद्दा दायर गर्न अख्तियार दुरुपयोग अनुसनधान आयोगलाई सुझाव दिएका छन् । ओलीले अख्तियार सरकारको लाचार छाया नभएको समेत बताएका छन् ।

बुधबार आयोगको ३०औं स्थापना दिवसको अवसरमा आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ओलीले अख्तियारलाई निष्पक्ष र ढुक्क भएर काम गर्न समेत आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले आयोगले निर्दोष व्यक्तिलाई आरोप लगाएर मुद्दा दायर हुनसक्ने तर्फ सचेत बन्न आयोगलाई आग्रह गरेका छन् ।

‘निर्दोष व्यक्तिमाथि आरोप लगाएर मुद्दा दायर गर्नुअघि सोच्नुपर्छ,’ उनले भने, ‘त्यसले व्यक्तिको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा बाधा आइपर्न सक्छ ।’

कानूनको नजरमा सबै बराबर भन्ने सिद्धान्तमा अख्तियारले अवलम्बन गनुपर्ने उनको सुझाव छ । ‘दोषी भएको पक्का भएपछि मात्र मुद्दा दायर गर्नु बान्छनीय हुन्छ,’ ओलीले भने, ‘आयोगलाई देखेर दोषी र अपराधी थर्कमान हुनुपर्छ भने निर्दोषीहरू ढुक्क हुनुपर्छ ।’

प्रतिक्रिया