


बालिका बलात्कार आरोपमा दक्षिणकालीबाट एकजना पक्राउ

काठमाडौं – १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दक्षिणकाली नगरपालिका-८ छैमले घर भएका ३७ वर्षीय पूर्ण बहादुर बलामीलाई प्रहरीले पक्राउ गरेको छ ।
बलामीले ती बालिकालाई वैशाख १० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

